लायन्स क्लव अफ कपिलवस्तुले मनायो नवौँ वार्षिकोत्सव

लायन्स क्लव अफ कपिलवस्तुले आफ्नो ९ औँ स्थापना दिवसमा मनाएर छ । वाणगंगा नगरपालिका २ मा रहेको अशक्त परिवारको सदस्यलाई कम्बोड कुर्ची सहित खाद्यन्न वितरण गर्दै लायन्स क्लव अफ कपिलवस्तुले आ आफ्नो ९ औँ वार्षिक उत्सव मनाएको हो ।

लायन्स अन्तराष्ट्रिय ३२५ पि अन्तगर्त लायन्स क्लव कपिलवस्तु रहेको छ । हरेक वर्ष ओक्टबर २७ मा लायन्स कपिलवस्तुले आफ्नो स्थापना दिवस मनाउने गरेको छ । जिल्लमा केहि सक्रिय युवाहरुको नेतृत्वमा २०१७ मा हामी सेवा गछौँ भन्ने मुलभाव बोकेर लायन्स क्लव अफ कपिलवस्तुको स्थापना गरिएको थियो ।

२०१७ मा स्थापना भएको लायन्स क्लव अफ कपिलवस्तु २०२५/२६ सम्म आइ पुग्दा संस्थापक अध्यक्ष लायन कृष्ण बहादुर के.सी सहित लायन कुमार खड्का, लायन सुरेन्द्र घिमिरे, लायन धातानन्द भुसाल, लायन राम शुभागे थारु, लायन ओम प्रकास घिमिरे, नवदत्त घिमिरे र हाल २०२५/२६ का लागि लायन नारायण पौडेलले क्लवको नेतृत्व गर्नुभएको छ ।

लायन्स अन्तराष्ट्रियको संस्थापक मेलविन जोन्सले सन् १९१७ मा गरेका थिए भने नेपालमा सन् १९७१ मा मातृक प्रसाद कोइरालाले गरेका थिए ।

प्रतिक्रिया

खबर सबै