

दुई वटा प्रणालीले मंगलबारदेखि शुक्रबारसम्म नेपालमा गराउँदैछ वर्षा


अहिले देशभरको मौसम घमाइलो छ। त्यसो त कमजोर पश्चिमी वायुका कारण तिहारको बीचमा देशको पश्चिमी भूभागमा हल्का वर्षा भयो। त्यो वर्षा मध्यदेखि पूर्वी नेपालसम्म आइपुगेन।
मंगलबारसम्म मौसम घमाइलो नै रहने मौसमविद् विनोद पोखरेलले जानकारी दिएका छन्। उनले मंगलबारपछि भने वर्षाको सम्भावना रहेको औंल्याए।
अहिले बंगालको खाडी र अरब सागरमा दुई वटा पानी पार्ने प्रणाली बनिरहेका छन्। त्यसले नेपालमा शुक्रबारसम्म वर्षा गराउने सम्भावाना बढेको छ।
विभिन्न मोडलमार्फत् वर्षा र तापक्रमको पूर्वानुमान गर्ने उनले यसपटक फरकफरक मोडलले फरकफरक पानीको मात्रा प्रक्षेपण गरेका छन्।
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञानका सहप्राध्यापकसमेत रहेका पोखरेल पूर्वी नेपालमा धेरै वर्षा हुने सम्भावना औंल्याएका छन्। बाँकी भागमा भने हल्कादेखि मध्यम वर्षा हुनेछ।
‘बंगालको खाडी र अरब सागरमा बनेको दुइटा न्यूनचापीय प्रणालीले मंगलबारदेखि शुक्रबारसम्म नेपालमा वर्षा गराउने राम्रै सम्भावना देखिन्छ। तीन ओटा मोडलहरूले वर्षा हुने ठाउँ र वर्षाको मात्रा फरक देखाएका छन् तर धेरै वर्षा पूर्वी नेपालमा हुने र बाँकी भागमा हल्कादेखि मध्यम वर्षा हुनेछ,’ उनले भनेका छन्।
अर्का मौसमविदले पनि आगामी कात्तिक १२ र १३ गते (बुधबार र बिहीबार) कोशीदेखि गण्डकीको भूभागसम्म वर्षाको राम्रै सम्भावना देखाएका छन्।
जल तथा मौसम विज्ञान विभागले तीनसम्मको मात्रै मौसम पूर्वानुमान गर्दै आएको छ। आगामी तीन दिनको अवधिमा वर्षा गराउने कुनै उल्लेखनीय प्रणाली नबनेको विभागले बताएको छ।


खबर सबै
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ
-
उखु किसानले पाए साढे १२ करोड अनुदान
-
बाकेमा २३ हजार सवारीसाधन कारबाही हुदाँ उठ्यो १ करोड ९५ लाख राजस्व






प्रतिक्रिया