
कपिलवस्तुमा मतदाता नामावली दर्ता थालियो, बिहान देखि साँझसम्मै भिड

कपिलवस्तु | प्रतिनिधिसभाको फागुन २१ मा हुने निर्वाचनका लागि जिल्लामा मतदाता नामावली दर्ता गर्नेमा युवा बढी देखिएका छन् । सदरमुकाम तौलिहवास्थित भिक्षु चोकमा रहेको जिल्ला निर्वाचन कार्यालयमा बिहानदेखि साँझसम्म फोटो खिचाउन आउनेमा युवा बढी देखिएका हुन् ।
गएको पाँच दिनमा ३ सय ६६ जनाले मतदाता नामावलीमा नाम समावेश गर्न फोटो खिचाइ आवेदन दिएका छन् । जेन–जी आन्दोलनपछिको परिवर्तनले निर्वाचन घोषणा गरेकाले युवाहरू मतदाता बन्न इच्छुक देखिएका हुन् ।
असोज १०, ११, १२, २० र २१ गरी पाँच दिनमा फोटो खिचाउन आउनेहरू बढेको जिल्ला निर्वाचन अधिकारी कमल भुसालले बताए ।
असोज १३ देखि १९ सम्म दसैं बिदामा कार्यालय बन्द रहेको थियो ।
१७ देखि २२ वर्ष उमेर समूहका ८० प्रतिशत बढी युवा मतदाताका लागि आवेदन दिन आइरहेको निर्वाचन अधिकारी भुसालले बताए । भीड बढ्न थालेपछि सहजताका लागि निर्वाचन कार्यालयले दुईवटा कम्प्युटरबाट बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सेवा दिइरहेको उनले बताए ।
मतदाता नामावलीका लागि फोटो खिचाउन आउने चहलपहल बढेपछि बजारमा चहलपहल पनि बढेको छ । निर्वाचन घोषणासँगै निर्वाचन आयोगले अध्यादेश ल्याएर आगामी कार्तिक मसान्तसम्म मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने निर्णय गरेको हो ।
गत ०७९ मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कपिलवस्तुमा १ लाख ७६ हजार १ सय ५ महिला, २ लाख २ हजार १ सय २५ पुरुष र दुई जना तेस्रो लिंगी गरी ३ लाख ७८ हजार २ सय ३२ मतदाता रहेका थिए ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया