
कपिलवस्तुमा चाडपर्व सुरक्षाका लागि प्रशासनको विशेष निर्देशन, धार्मिक सहिष्णुता र आपसी एकता कायम गर्न सबैसँग आग्रह

कपिलवस्तु | दशैँ, तिहार, छठ लगायतका चाडपर्व शान्तिपूर्ण, सुरक्षित र सभ्य वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले विशेष निर्देशन जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको अध्यक्षतामा बसेको जिल्ला समन्वय तथा सम्पर्क बैठकले चाडपर्वका अवसरमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी एकता कायम गर्न सबैसँग आग्रह गरेको छ ।
बैठकले धार्मिक स्थल, मेला–पर्व र भीडभाड हुने ठाउँमा असामाजिक गतिविधि हुन नदिन सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ । जातीय, धार्मिक वा साम्प्रदायिक तनाव सिर्जना गर्ने प्रयास भए कडा कानूनी कारबाही गर्ने चेतावनी समेत प्रशासनले दिएको छ ।
यसैगरी, चाडपर्वमा हुने मूर्ति स्थापना र विसर्जन कार्य तोकिएको स्थानमै गर्नुपर्ने र विसर्जनका क्रममा अवाञ्छित गतिविधि भए तुरुन्त नियन्त्रणमा लिन सुरक्षा निकायलाई निर्देशन दिइएको छ ।
कपिलवस्तु नगरपालिका क्षेत्रमा तौलिहवा मन्दिर, लक्ष्मी नारायण मन्दिर, कालिका मन्दिर, तिलौराकोट रामघाट, बडगाउँ घाटलगायतका स्थानलाई विसर्जन स्थल तोकिएको छ । महाराजगञ्ज नगरपालिका र अन्य पालिकाहरूमा पनि स्थानीय तहले निर्धारण गरेका स्थलमै विसर्जन गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।
त्यस्तै, विसर्जनका दिन डोजर, स्काभेटर, दमकल र एम्बुलेन्ससहित आवश्यक उपकरण तयारी अवस्थामा राखिने जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी तामाङले पर्वलाई शान्तिपूर्ण बनाउन सबै पक्षको सहकार्य अपरिहार्य भएको बताउँदै, धार्मिक आस्थामा आघात पुग्ने खालका गतिविधि रोक्न सबैतिर कडाइ गरिने चेतावनी दिएका छन् ।




खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया