

कपिलवस्तुको चाकलचौडा घटनाः जसपाले भन्यो दोषीउपर कारवाही होस





कपिलवस्तु। कपिलवस्तुको मायादेवी गाउँपालिका–४ चाकलचौडामा स्थानीय र सुरक्षाकर्मीबीच भएको विवादपश्चात लाठीचार्ज घटनाप्रति जनता समाजवादी पार्टी (जसपा) नेपाल, कपिलवस्तुले आपत्ति जनाएको छ । घटनाको भर्त्सना गर्दै पार्टीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।
जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई ज्ञापनपत्र बुझाउँदै लाठीचार्ज गराउनेहरूलाई तत्काल कारबाही गर्न माग गरेको छ ।
“सामान्य विवादलाई सौहार्दपूर्ण रूपमा समाधान गर्न सकिने अवस्थामा सशस्त्र प्रहरी बलका डिएसपीको नेतृत्वमा गएको टोलीले अन्धाधुन्ध लाठीचार्ज गरी बालबालिका र ७९ वर्षीय वृद्धसहित सर्वसाधारणलाई घाइते बनाएको घटनाको घोर निन्दा गरिएको छ”, ज्ञापनपत्रमा उल्लेख छ ।
जसपाले घटना शान्तिपूर्ण रूपमा समाधान गर्न सकिने स्पष्ट सम्भावना हुँदाहुँदै जनतालाई तर्साउने शैलीमा बल प्रयोग गरिएको भन्दै त्यसप्रति आपत्ति जनाउँदै दोषीमाथि छानबिन गरी कडा कारबाहीको माग गरेको छ। साथै, कारबाही नभए चरणबद्ध आन्दोलनमा जानुपर्ने चेतावनीसमेत ज्ञापनपत्रमार्फत दिइएको छ ।
ज्ञापनपत्र बुझाउने टोलीमा अध्यक्ष यादवका साथै केन्द्रीय नेता अब्दुल रसिद खाँ, मायादेवी–४ का वडाध्यक्ष असफक अहमद खाँ, कपिलवस्तु नगरपालिका–१ का वडाध्यक्ष जाहिद खाँ, पार्टी नेता रामनेवास यादवलगायत सहभागी थिए ।
उक्त घटना बिहीबार मोटरसाइकल पार्किङसम्बन्धी सामान्य विवादबाट सुरु भएको थियो। विवादपछि सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) हरि बहादुर गुरुङको नेतृत्वमा गएको टोलीले स्थानीयमाथि लाठीचार्ज गरेको थियो ।
लाठीचार्जका क्रममा मायादेवी गाउँपालिका–४, पिपराका अब्दुल कयुम , चिरकुट लोध र बुलाडिहवाका साहिल मुसलमान घाइते भएको जनाइएको छ ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया