
पौडी खेल्ने क्रममा पोखरीमा डुबेर दुई किशोरको मृत्यु

कपिलवस्तु । जिल्लाको कृष्णनगर नगरपालिकाका सुखरामपुरमा पाेखरीमा डुबेर दुई किशाेर निधन भएकाे छ ।
कृष्णनगर नगरपालिका वडा नम्बर ७ सुखरामपुरमा पोखरीमा पौडी खेल्ने क्रममा स्थानीय दुई किशोरहरूको डुबेर मृत्यु भएको छ।
गाउँ नजिकै रहेको सार्वजनिक पोखरीमा सवा २ बजेतिर पौडी खेल्ने क्रममा स्थानीय रञ्जित बढाइका छोरा १२ वर्षीय आकाश बढई तथा राजेन्द्र रैदासको छोरा ११ वर्षीय अम्बर रैदासको मृत्यु भएको हो ।
पोखरीमा डुबेर तैरिरहेको अवस्थामा सब देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
मृतक किशोरहरूको सब स्थानीय र प्रहरीको सहयोगमा बाहिर निकाली पोस्टमार्टमको लागि बहादुरगञ्ज अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक ईश्वर लौडारीले जानकारी दिनुभयो ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया