
रविलाई भैरहवाबाट ललितपुर नख्खु जेल सारिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवास्थित कारागारबाट आज काठमाडौं लैजान थालिएको छ । गत चैत २५ देखि रुपन्देहीको जिल्ला कारागारमा रहेका उनलाई दिउँसो विमानबाट काठमाडौं लैजाने र ललितपुरस्थित नख्खु कारागारमा राख्ने तयारी छ ।
जेठमै नख्खु कारागारमा सरुवाका लागि उनले निवेदन दिएको, अदालतले अनुमति पनि दिएको तर गृह प्रशासनले रोकेको कारण उनलाई त्यहा लैजान नसकिएको रास्वपाका नेताहरुले बताएका छन् । बुटवलको सहकारी संस्था ठगी प्रकरणमा पुर्पक्षका लागि जेलमा रहेका उनले ज्यानमाथि असुरक्षा रहेको बताएपछि नख्खु जेलमा लैजान थालिएको हो ।
उनलाई सवा ३ बजेको बुद्ध एअरको उडानमा काठमाडौं लैजाने बताइएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया