उपप्रमुख श्रेष्ठ एमालेबाट एक वर्षका लागि निलम्बित

नेकपा एमालेले गुल्मीको मुसिकोट नगरपालिकाकी उपप्रमुख तथा जिल्ला कमिटी सदस्य गंगा श्रेष्ठलाई एक वर्षका लागि पार्टी सदस्यबाट निलम्बन गरेको छ । जिल्ला कमिटी पदाधिकारी बैठकले अनुशासन भंग गरेको आरोपमा उनलाई कारबाही गर्ने निर्णय गरेको हो ।

गत २९ असारमा स्पष्टीकरण सोधिएकोमा उनले ३२ गते लिखित जवाफ दिएकी थिइन् । यसअघि नगर कमिटीले चेतावनी दिए पनि सुधार नभएको भन्दै जिल्ला कमिटीले निलम्बन गरेको जनाएको छ ।

निर्णयअनुसार श्रेष्ठले एक वर्षसम्म पार्टी सदस्यको हैसियतमा कुनै पनि गतिविधि गर्न पाउने छैनन् । उनले भने कारबाही पत्र नपाएको दाबी गर्दै ‘अधिकार खोज्दा कारबाहीमा परेको’ प्रतिक्रिया दिएकी छन् ।

प्रतिक्रिया

खबर सबै