

उपप्रमुख श्रेष्ठ एमालेबाट एक वर्षका लागि निलम्बित



नेकपा एमालेले गुल्मीको मुसिकोट नगरपालिकाकी उपप्रमुख तथा जिल्ला कमिटी सदस्य गंगा श्रेष्ठलाई एक वर्षका लागि पार्टी सदस्यबाट निलम्बन गरेको छ । जिल्ला कमिटी पदाधिकारी बैठकले अनुशासन भंग गरेको आरोपमा उनलाई कारबाही गर्ने निर्णय गरेको हो ।
गत २९ असारमा स्पष्टीकरण सोधिएकोमा उनले ३२ गते लिखित जवाफ दिएकी थिइन् । यसअघि नगर कमिटीले चेतावनी दिए पनि सुधार नभएको भन्दै जिल्ला कमिटीले निलम्बन गरेको जनाएको छ ।
निर्णयअनुसार श्रेष्ठले एक वर्षसम्म पार्टी सदस्यको हैसियतमा कुनै पनि गतिविधि गर्न पाउने छैनन् । उनले भने कारबाही पत्र नपाएको दाबी गर्दै ‘अधिकार खोज्दा कारबाहीमा परेको’ प्रतिक्रिया दिएकी छन् ।


खबर सबै
-
मौसम विज्ञान विभागले भन्यो- अब धान नकाट्नू
-
एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै
-
चक्रवातको प्रभाव : कपिलवस्तु सहित लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम







प्रतिक्रिया