
सञ्चारमन्त्री भन्छन्, : यसै वर्ष फाइभजी सुरु हुन्छ, घरघरमा फोरजी पुर्याइन्छ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षभित्रै नेपालमा फाइभजी सेवा सञ्चालनमा ल्याउने र घरघरमा फोरजी सेवा विस्तार गर्ने लक्ष्य रहेको बताएका छन् ।
शुक्रबार काठमाडौँको कान्तिपुर सिटी कलेजले आयोजना गरेको “केसीसी एक्जिबिसन–२०२५” कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सरकार सूचना प्रविधिको पूर्वाधार विकासमा केन्द्रित रहेको धारणा राखे । “यो वर्ष हामी आईटीसम्बन्धी पूर्वाधार निर्माण, फोरजी घरघर पुर्याउने र फाइभजी लन्च गर्दैछौँ,” मन्त्री गुरुङले भन्नुभयो ।
मन्त्री गुरुङले सूचना प्रविधिको युगमा युवाहरूले सिर्जनात्मक भएर देश विकासमा लाग्नुपर्नेमा जोड दिए । उनले देशलाई सूचना प्रविधिमा दक्ष जनशक्तिको ठुलो आवश्यकता रहेको औँल्याउँदै यस क्षेत्रमा युवाहरूका लागि रोजगारीको प्रचुर सम्भावना रहेको बताए ।
सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता नवीन प्रविधिलाई भविष्यको लक्ष्य बनाएर अघि बढ्ने सिर्जनशील युवाहरूका लागि स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गर्दै जाने उनले प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री गुरुङले विभिन्न कार्यक्रमहरूमा फाइभजी सेवा विस्तारमा जोड दिँदै आएका छन ।यद्यपि, सेवा प्रदायकहरूले भने फाइभजीको पूर्वाधार र सञ्चालन खर्चिलो हुने भएकाले तत्काल व्यावसायिक रूपमा सुरु गर्न आर्थिक र प्राविधिक चुनौती रहेको बताउँदै आएका छन् । नेपाल टेलिकमले केही स्थानमा फाइभजीको परीक्षण गरे पनि त्यसलाई व्यावसायिक रूप दिन सकिएको छैन ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया