विश्व शान्तिका लागि लुम्बिनीमा शरण, ‘एक रुपैयाँ दान अभियान’ शनिबार सुरु हुने

आगामी शनिबार गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा ‘विश्व शान्तिका लागि लुम्बिनीमा शरण, एक रुपैया दान अभियान सुरु गरिने भएको छ ।दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव इसला रुवन विराकोन र श्रीलंकाका क्रिशान्ति यस अभियानको शुभारम्भ गर्नका लागि सहभागी हुनुहुनेछ ।

श्रद्धेय भिक्षु स्ल्याल्पा तेन्जिङ रिम्पोचेले यस पवित्र अभियानमा राम्रो विचार, शान्तिका लागि प्रार्थनाका साथै एक रुपैयाँ दानमा सहभागी भइदिनुहुन आमन्त्रण गर्नुभएको हो । उहाँ भन्नुहुन्छ, ‘महासिद्ध शरण भनेको विश्व शान्त् िर सद्भावनाका लागि चाहिने बिउ समान हो । यसमा आफ्नो व्यक्तिगत स्वार्थ नराखी पवित्र मन र दानी हुदयका साथ सबै सहभागी हुन सक्नुहुन्छ । ’
यस अभियान युनिभर्सल पीस स्यान्चुरीको अगुवाईमा हुने बताइएको छ ।यस अभियानमा सहयोग गर्नुहुने सवैको कदर गर्दै उहाँहरुको नाम यस विश्व शान्तिका लागि महासिद्धि शरणमा समावेश गरिने पनि आयोजकले जनाएका छन् ।

प्रतिक्रिया

खबर सबै