

‘नेटवर्किङ मार्केटिङ’का नाममा करोडौं ठगी आरोप, आठ जना पक्राउ


‘नेटवर्किङ मार्केटिङ’ का नाममा विभिन्न व्यक्तिहरूबाट करोडौं ठगी गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा डोटीको सायल गाउँपालिका–२ का ‘स्काई ड्रिम इन्टरप्रेनर्स प्रालिका सञ्चालक २६ वर्षीय नरेश बोहोरा, दार्चुलाको महाकाली गाउँपालिका–४ का २४ वर्षीय कृष्ण धामी, अछामको कमलबजार नगरपालिका–६ का २४ वर्षीय कमल शाही, सोहीका २२ वर्षीय रवीन्द्र शाही, कञ्चनपुर महाकाली नगरपालिका–२ का २२ वर्षीया मनिषा सिंह छन्।
यस्तै, कञ्चनपुरको बेलडाडी गाउँपालिका–१ की २१ वर्षीया निर्मला धामी, बैतडीको सिगास गाउँपालिका–६ की २२ वर्षीया कर्मचारी सुनिता साउद र डोटीको बडिकेदार गाउँपालिका–४ का २२ वर्षीया कमला चिमाला पक्राउ परेको जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले जानकारी दिए।
उनका अनुसार उनीहरूले बेरोजगार युवा युवतीलाई रोजगारीको प्रलोभन देखाइ करोडौं रकम ठगी गरेको उजुरी परेको थियो।
‘वीरेन्द्रनगर नगरपालिका– ३ मुलपानी चोकमा ‘स्काई ड्रिम इन्टरप्रेनर्स प्रालि’ अनतर्गत ‘ग्लोबल ओरियन्स नेपाल प्रालि’ ले बेरोजगारी युवा युवतीलाई सीप सिकाउने बताएका रहेछन्,’ उनले भने, ‘राम्रो तलब सुविधासहित रोजगारी दिने आश्वासन दिएर वार्षिक २० हजार असुली गरेका जाहेरी परेको छ।’
यस्तै, नेटवर्किङ मार्केटिङका नाममा खाना बस्ने सुविधा दिने आश्वासन दिएर नयाँ बन्ने सदस्यबाट प्रति व्यक्ति ५० देखि दुई लाख ६० हजारसम्म रकम अशुलेको उनले बताए।
पक्राउ परेकाहरूमाथि ठगी मुद्दा चलाउने गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


खबर सबै
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ






प्रतिक्रिया