

पूर्वी तराईमा मनसुन थप सक्रिय हुन थाल्यो


पर्याप्त पानी नपरेर रोपाइँ प्रभावित भएको पूर्वी तराईमा मनसुन थप सक्रिय हुन थालेको छ । झापा, मोरङ लगायतका जिल्लामा पानी पर्न थालेको र विस्तारै मधेश प्रदेशमा पनि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाका मौसमबिद् डेभिड ढकालले जानकारी दिनुभयो ।
पूर्वी क्षेत्रमा मनसुनी न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सरेकाले वर्षा हुन थालेको महाशाखाले जनाएको छ । यस्तै मौसमबिद् उज्ज्वल उपाध्यायले पुर्वी तराईका जिल्लाहरु झापा, मोरङ, सुनसरी र सप्तरीमा भोलि दिउँसोसम्म र सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र चितवनमा भोलि बेलुकादेखि पर्सि बिहानसम्म ठूलो पानी पर्ने सम्भावना रहेको बताउनुभयो । उहाँका अनुसार चुरेपहाडको फेद अर्थात् महेन्द्र राजमार्गको उत्तरी भू–भागतिर बढी र दक्षिणी भू–भाग अर्थात् भारतसँगको सीमावर्ती क्षेत्र तिर अलि कम वर्षा हुने सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान् महाशाखाका अनुसार आज राति पूर्वी तराईसहित गण्डकी, लुम्बिनी र वागमती प्रदेशका केही ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना रहेको छ । पछिल्लो २४ घण्टामा खोटाङ र ओखलढुङ्गामा एक सय मिलिमिटर भन्दा धेरै वर्षा मापन भएको छ ।
पछिल्लो ६ घण्टामा भने झापा, मोरङ, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, दोलखा, सिन्धुपाल्चोकसहित काठमाण्डौ आसपासका क्षेत्रमा पनि पानी परेको छ । काठमाण्डौबाट पश्चिमतर्फ भने मध्यपहाडी क्षेत्र केन्द्रित सामान्य बर्षा भएको छ ।
अहिले काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्ष भइरहेको छ । तत्काल चेतावनी जारी गर्नुपर्ने अवस्था नरहेको तर लगातार पानी परिरहेको ठाउँमा सामान्य वर्षाले पनि क्षती गर्न सक्ने भएकोले सावधानी अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।


खबर सबै
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ
-
उखु किसानले पाए साढे १२ करोड अनुदान
-
बाकेमा २३ हजार सवारीसाधन कारबाही हुदाँ उठ्यो १ करोड ९५ लाख राजस्व






प्रतिक्रिया