

बेलहीया नाकाबाट ४७ प्रतिशतले बढ्यो निर्यात




मुलुकको दोस्रो ठूलो नाका रुपन्देहीको बेलहीया हुँदै भारत तथा तेस्रो मुलुकमा हुने निर्यात गत वर्षको तुलनामा ४७ दशमलव ५१ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको साउनदेखि जेठसम्म ११ महिनामा १२ अर्ब ६० करोड रुपैयाँ बराबरको विभिन्न सामानहरू निर्यात भएको थियो ।
चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म (११ महिनामा ) १८ अर्ब ५९ करोड रुपैयाँ मूल्य बराबरका वस्तु तथा सामानहरू निर्यात भएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मीले बताए । ‘गत वर्षको तुलनामा यो नाका हुँदै निर्यात व्यापार ४७.५१ प्रतिशतले वृद्धि भएको छ । यो निकै राम्रो हो, ’प्रमुख भन्सार अधिकृत रेग्मीले भने ।
११ महिनामा सबैभन्दा बढी निर्यात हुने वस्तुहरूमा भटमासको तेल (प्रशोधित), सेन्थेटिक यार्न, सिमेन्ट खैरो, खयर कत्था, पिना अन्य, फलाम, स्टिलका भाँडाकुँडा, नुडल्स पास्ता, जडीबुटी, खोटो रोजीन र प्लाइउड छन् । अन्य नाकाहरूबाट जस्तै यहाँबाट पनि सबैभन्दा बढी निर्यात हुनेमा भटमासको प्रशोधित तेल रहेको छ । यो नाका हुँदै ११ महिनामा ५ अर्ब ८१ करोड ५४ लाख ८ हजार रुपैयाँ मूल्य बराबरको २ करोड ९१ लाख ४० हजार ५ सय ११ लिटर तेल भारत निर्यात भएको छ ।
त्यसै गरी ३ अर्ब १८ करोड ३३ लाख १० हजार रुपैयाँ मूल्य बराबरको १ करोड ५१ लाख ९४ हजार ४ सय ६७ किलो सेन्थेटिक यार्न भारत तथा तेस्रो मुलुक निर्यात भएको भन्सार कार्यालयले जनाएको छ । विगतका वर्षहरूमा सबैभन्दा बढी निर्यात व्यापार सेन्थेटिक यार्नको हुने गरेकोमा चालु आर्थिक वर्षमा भने भटमासको प्रशोधित तेलले उछिनेको हो ।
त्यस्तै सिमेन्ट १ अर्ब ३३ करोड ६१ लाख ९० हजार रुपैयाँ मूल्य बराबरको, कत्था खयर ८४ करोड ७१ लख ७५ हजार रुपैयाँको, पिना अन्य ७८ करोड ३५ हजार रुपैयाँ मूल्य बराबरको, फलाम स्टिलका भाँडाकुँडा ७२ करोड १५ लाख ८८ हजार रुपैयाँ मूल्यको, चाउचाउ, नुडल्स पास्ता ६६ करोड २८ लाख १३ हजार रुपैयाँको, विभिन्न किसिमको जडिबुटीहरू ५७ करोड ५६ लाख ७ हजार रुपैयाँका, खोटो रोजिन ५२ करोड १५ लाख ९४ हजार रुपैयाँको र प्लाइउड ४५ करोड ७६ लाख २९ हजार रुपैयाँ मूल्य बराबरको भारत निर्यात भएको छ । केही महिना अघिसम्म रोकिएको प्लाइउड निकासीले अहिले निरन्तरता पाइरहेको छ । सिमेन्ट, प्लाइउड लगायतका वस्तुहरूमा विभिन्न समयमा निर्यातमा अवरोध हुने गरेको छ ।
राज्यले यस्ता कुराहरूमा कुटनीतिक तवरबाट कुरा गरी निर्वाध रुपमा निर्यात हुन सक्ने वातावरण तयार गरे उद्योगीहरूले अझ बढी निर्यात गर्ने मात्र नभइ निर्यातजन्य उद्योगहरू स्थापना गर्ने सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले बताए ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया