

लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन जसपा नेपालद्वारा फिर्ता





उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको नेतृत्वमा रहेको प्रदेश सरकारसँगको सहकार्य औपचारिक रूपमा अन्त्य गर्दै जसपाले समर्थन फिर्ता गरेको घोषणा गरेको हो।
यसअघि जसपाले सङ्घीय तहमा पनि केपी शर्मा ओली नेतृत्वको सरकारले पाएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको थियो। पार्टीको त्यही निर्णयको निरन्तरतामा लुम्बिनी प्रदेशबाट पनि समर्थन फिर्ता लिइएको जसपाले स्पष्ट पारेको छ।
शुक्रवार जसपा लुम्बिनी प्रदेशकी सभाषद माननीय अम्बिका काफ्ले द्वारा जारी विज्ञप्तिमा वर्तमान प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरीएकाे उल्लेख गदै विपक्षीको बेन्चमा आसन व्यवस्थाको अनुरोध समेत गरिएको छ ।
सङ्घीय राजनीतिमा नयाँ समीकरण निर्माणको सङ्केतसहित संघमा समेत जसपाले समर्थन फिर्ता लिएको अवस्थासङै आएको यो कदमले प्रदेशस्तरमा पनि सत्ता सन्तुलनमा प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया