

अनुदान शिक्षकलाई दरबन्दीमा रूपान्तरण गर्ने सम्झौता कार्यान्वयनको माग


प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्यहरू तथा शिक्षा मन्त्रालयलाई एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले शिक्षण सिकाइमा संलग्न अनुदान शिक्षकको दरबन्दीमा रूपान्तरणसम्बन्धी पुरानो सम्झौता कार्यान्वयन गर्न आग्रह गरेका छन्।
अधिकारीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग भएको सम्झौताअनुसार ७५-२५ प्रतिशतको सीमित आन्तरिक प्रतिस्पर्धाका आधारमा आयोगमार्फत परीक्षा लिइने व्यवस्था रहेको स्मरण गराउँदै उक्त सम्झौतालाई तत्काल कार्यान्वयन गर्नुपर्ने बताए।
‘भ्रम नहोस्, एकीकृत अखिल नेपाल शिक्षक संगठनले यो मुद्दा छोडेको छैन र छोड्ने पनि छैन,’ उनले भने, ‘अनुदान शिक्षकहरूको हकहित सुनिश्चित गर्न हामी निरन्तर आवाज उठाउने छौं।’
संगठनले लामो समयदेखि अनुदान शिक्षकहरूको स्थायित्व र पेसागत सुरक्षाको माग गर्दै आएको उनले बताए।


खबर सबै
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ
-
उखु किसानले पाए साढे १२ करोड अनुदान
-
बाकेमा २३ हजार सवारीसाधन कारबाही हुदाँ उठ्यो १ करोड ९५ लाख राजस्व






प्रतिक्रिया