

पाल्पाको रिमिघा लेकमा यार्सागुम्बा जस्तो देखिने जडीबुटी फेला


पाल्पा- पाल्पाको रम्भा गाउँपालिका–३, स्थित रिमिघा लेकमा यार्सागुम्बा जस्तो देखिने जडीबुटी फेला परेको छ ।
स्थानीय बासिन्दाले सुन्तलाका बिरुवा लगाउन खनेको खाल्टाहरूमा यार्सागुम्बा जस्तो देखिने जडीबुटी भेटिएको हो । गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रिमिघा लेकका झाडी फाँडेर सुन्तलाका बोट लगाउन खाल्टा खन्ने क्रममा यार्सागुम्बा जस्तो देखिने जडीबुटी फेला परेको बत्ताउनुभयो ।
फेला परेको यार्सागुम्बा जस्तो जडीबुटीलाई चेकजाँच गर्न डिभिजन वन कार्यालय पाल्पासँग समन्वय गरेर प्रयोगशालामा पठाइएको छ । वन क्षेत्रमा यार्चागुम्बा प्रजातिको जडीबुटी भेटिएपछि सोको प्रयोगशाला परीक्षणको कार्य जारी रहेको हुँदा अर्को सूचना नभएसम्मका लागि उक्त क्षेत्रमा प्रवेश नगर्नु,नगराउनुहुन भन्दै गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेको छ ।
सूचनाको बर्खिलाप गई वन क्षेत्रमा प्रवेश गरेको भेटिएमा प्रचलित कानुन बमोजिम कारबाही हुने आइतबार जारी प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनद्वारा हस्ताक्षर गरिएको सूचनामा उल्लेख छ ।
रम्भा गाउँपालिका–३, पिपल डाँडाको रिमिघा पोस पाखा सामुदायिक वन क्षेत्रको खोल्सी तथा चिस्यान क्षेत्रमा यार्चागुम्बा जस्तै देखिने ढुसी फेला परेको थियो ।
डिभिजन वन कार्यालयले वनका कर्मचारीलाई खटाएर सङ्कलन गरी तथ्य जाँचका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुर पठाइने डिभिजन वन प्रमुख नारायणदेव भट्टराईले जानकारी दिनुभयो ।
रिमिघा लेक समुद्र सतहदेखि एक हजार ७९४ मिटर उचाइमा रहेको छ । घना जङ्गलले घेरिएको यस क्षेत्र रम्भादेवी मन्दिर भएको क्षेत्रमा पर्दछ।


खबर सबै
-
सात वर्षको सफल यात्रामा ‘ई—साझाकुरा’
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने






प्रतिक्रिया