

पाल्पाको रिमिघा लेकमा यार्सागुम्बा जस्तो देखिने जडीबुटी फेला



पाल्पा- पाल्पाको रम्भा गाउँपालिका–३, स्थित रिमिघा लेकमा यार्सागुम्बा जस्तो देखिने जडीबुटी फेला परेको छ ।
स्थानीय बासिन्दाले सुन्तलाका बिरुवा लगाउन खनेको खाल्टाहरूमा यार्सागुम्बा जस्तो देखिने जडीबुटी भेटिएको हो । गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रिमिघा लेकका झाडी फाँडेर सुन्तलाका बोट लगाउन खाल्टा खन्ने क्रममा यार्सागुम्बा जस्तो देखिने जडीबुटी फेला परेको बत्ताउनुभयो ।
फेला परेको यार्सागुम्बा जस्तो जडीबुटीलाई चेकजाँच गर्न डिभिजन वन कार्यालय पाल्पासँग समन्वय गरेर प्रयोगशालामा पठाइएको छ । वन क्षेत्रमा यार्चागुम्बा प्रजातिको जडीबुटी भेटिएपछि सोको प्रयोगशाला परीक्षणको कार्य जारी रहेको हुँदा अर्को सूचना नभएसम्मका लागि उक्त क्षेत्रमा प्रवेश नगर्नु,नगराउनुहुन भन्दै गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेको छ ।
सूचनाको बर्खिलाप गई वन क्षेत्रमा प्रवेश गरेको भेटिएमा प्रचलित कानुन बमोजिम कारबाही हुने आइतबार जारी प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनद्वारा हस्ताक्षर गरिएको सूचनामा उल्लेख छ ।
रम्भा गाउँपालिका–३, पिपल डाँडाको रिमिघा पोस पाखा सामुदायिक वन क्षेत्रको खोल्सी तथा चिस्यान क्षेत्रमा यार्चागुम्बा जस्तै देखिने ढुसी फेला परेको थियो ।
डिभिजन वन कार्यालयले वनका कर्मचारीलाई खटाएर सङ्कलन गरी तथ्य जाँचका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुर पठाइने डिभिजन वन प्रमुख नारायणदेव भट्टराईले जानकारी दिनुभयो ।
रिमिघा लेक समुद्र सतहदेखि एक हजार ७९४ मिटर उचाइमा रहेको छ । घना जङ्गलले घेरिएको यस क्षेत्र रम्भादेवी मन्दिर भएको क्षेत्रमा पर्दछ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया