
ओली-देउवाको छलफल : गृहमन्त्रीले तत्काल राजीनामा नदिने, संसद्मा बोल्ने

काठमाडौं । भिजिट भिसा प्रकरणमा मुछिएको भन्दै विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसबीच भएको छलफलमा उनले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालिएको छ ।
विपक्षी दलहरूले मंगलबार संसद् अवरोध गरेपछि बुधबार बिहानै प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री लेखकलाई साथमा लिएर बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालका अनुसार बुधबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकले आफूमाथि लागेका प्रश्नको जवाफ दिने सहमति भएको छ । बालुवाटारमा प्रधानमन्त्री र कांग्रेसबीचको छलफल लम्बिएपछि ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठकसमेत सुरु भएको छैन ।
प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रलगायतका विपक्षीहरूले गृहमन्त्रीले जवाफ नभई राजीनमा दिनुपर्ने बताउँदै आएका छन् ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया