

शिक्षकहरूको नयाँ वर्ष सडकमा




काठमाडौँ । आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीहरूले नयाँ वर्ष सडकमै मनाउने भएका छन्। यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलन गर्दै आएका उनीहरूले आज पनि निरन्तरता दिने भएका हुन्।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशाेर सुवेदीले यसपालिका नयाँ वर्ष सडकमा नै मनाउन लागेको बताए । नयाँ वर्षको आरम्भको यो दिन पनि आम नेपाली विद्यार्थी , शिक्षक–कर्मचारी र विद्यालय शिक्षाको उन्नयनको पक्षमा आन्दोलनको मोर्चामा खर्च गर्न लागेको बताए ।
अझै केही दिन माइतीघर–बानेश्वर खण्डको सडकमा व्यतीत हुने अवस्था रहेको उनको भनाइ छ । माग पूरा नहुँदासम्म थाक्ने वा गल्ने सुविधा नरहेको बताउँदै केवल जितको लागि लडिरहेको बताए ।
जति विलम्ब हुँदै गयो त्यति नै ऊर्जा र नतिजाप्रतिको प्रतिबद्धता उति बढ्दै गएको उनको भनाइ छ। राज्यले आफूहरूका न्यायिक कुरा स्वीकार गर्नुको विकल्प नरहेको बताए ।
आन्दोलनमा बाहिरबाट अरू शिक्षक–कर्मचारीलाई पनि बोलाउन अनुरोध गरे । विगतमा सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन गर्दै यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित चैत २० गतेदेखि शिक्षक तथा विद्यालय कर्मचारी सडक आन्दोलन गर्दै आएका छन्।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया