
जनप्रदर्शनमा डेढ लाखभन्दा बढी मानिस उतार्ने मोर्चाको तयारी

नेकपा (माओवादी केन्द्र) सहितको चार दलीय समाजवादी मोर्चाले आगामी चैत १५ गते हुने विशाल जनप्रदर्शन एवं जनसभामा डेढ लाखभन्दा बढी मानिस उतार्ने बताएको छ । आज (बुधबार) बसेको मोर्चाको बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दैै नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले उक्त जनसभामा एकदेखि डेढ लाखसम्म जनता आउनसक्ने आँकलन गरिएको बताए ।
साथै, आजको बैठकले गणतन्त्रको पक्षमा रहेका सबै दललाई उक्त प्रदर्शनमा सहभागी हुन आह्वान गर्ने निर्णय गरेको पनि बताए । जुलुसलाई व्यवस्थित गर्न विभिन्न रुटहरू तय गरिएको पनि उनले जानकारी गराए । प्रकाण्डका अनुसार कोटेश्वर–नयाँ बानेश्वर–माइतीघर–भृकुटीमण्डप, कुपन्डोल–त्रिपुरेश्वर–सुन्धारा–शान्तिबाटिका– भृकुटीमण्डप, नागपोखरी–पुतलीसडक–भृकुटीमण्डप गरी तीन वटा रूट तय गरिएको बताए ।
मोर्चाको बैठकले. प्रदर्शनको विभिन्न नाराहरु पनि तय गरेको छ । ‘समाजवादी मोर्चा, नेपाल– जिन्दावाद, समाजवादी क्रान्ति–जिन्दावाद, प्रतिगामी षडयन्त्र–मुर्दावाद, गणतन्त्र नेपाल– जिन्दावाद, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं’ लगायतका विभिन्न १४ वटा नारा तय भएको छ ।


खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया