

केही स्थानमा हावाहुरीको सम्भावना





देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । केही स्थानमा हावाहुरीको सम्भावना पनि रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज सुदूरपश्चिम कोसी, कर्णाली र गण्डकी प्रदेशका केही भागमा हल्का वर्षाको सम्भावना रहेको छ ।
“सुदूरपश्चिम कोसी, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना रहेको छ,” मौसमविद् सरोज पुडासैनीले बाह्रखरीसँग भने ।
काठमाडौं उपत्यकामा भने आज वर्षाको सम्भावना छैन । सामान्य बदली रहे पनि काठमाडौंमा आज वर्षा नहुने उनले जानकारी दिए ।
देशका केही भूभागमा आज हावाहुरीको पनि सम्भावना रहेको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको मौसमविद् पुडासैनीले भने ।
“कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ,” मौसमविद् पुडासैनीले भने, “अपराह्नपछि यी प्रदेशमा हावाहुरीको सम्भावना रहेको छ ।”
हिजो पनि पूर्वी नेपालको सोलुखुम्बुलगायत केही जिल्लामा हावाहुरीको चलेको थियो । हावाहुरी चल्दा हवाई सेवा प्रभावित हुने सम्भावना रहेको विभागले जनाएको छ ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया