

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको तयारी देउखुरीमा तीव्र, स्टेडियम मर्मतकाे काम चल्दै



राजेन्द्र खनाल, लमही । यही फागुन २५ गतेदेखि सुरु हुन गइरहेको प्रधानमन्त्री कप सिनियर पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी दाङकाे लमही स्थित देउखुरी क्रिकेट रंगशालामा तीव्र रूपमा अघि बढिरहेको छ। प्रतियोगितालाई सफल बनाउन मैदान स्तरोन्नति, पिच निर्माण र आउटफिल्ड सुधारको कार्य द्रुत गतिमा भइरहेको क्रिकेटर तथा आयोजक समितिका व्यवस्थापक प्रेम पुलामीले बताएका छन्।
उनका अनुसार क्रिकेट प्रेमीहरूका लागि महत्वपूर्ण रहेको देउखुरी क्रिकेट रंगशालामा अहिले ग्राउन्ड मर्मत, घाँस कटाई तथा सिँचाइ लगायतका कार्यहरूमा स्थानीय तथा प्राविधिक टोली सक्रिय छन्। खेलाडीहरूलाई उत्कृष्ट खेल अनुभव प्रदान गर्न पिचलाई अन्तर्राष्ट्रिय स्तरअनुसार तयार पार्ने लक्ष्य राखिएको छ। हाल प्रतियोगिताको मिति नजिकै आइसक्दा मैदानमा लगाइएको घाँस नउम्रदा भने मैदान मर्मतमा चिन्ता थपेकाे छ ।

प्रतियोगितामा देशभरका उत्कृष्ट दस क्रिकेट टोलीहरू प्रतिस्पर्धा गर्न तयारी अवस्थामा छन्। खेलप्रेमीहरूको उत्साह बढ्दै जाँदा आयोजक तथा प्राविधिक टोलीले अन्तिम तयारीलाई तीव्रता दिएका छन्।
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता नेपाल क्रिकेटको एक प्रतिष्ठित प्रतियोगिता हो, जसले राष्ट्रिय खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। देउखुरी क्रिकेट रंगशालामा पहिलो पटक प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता आयोजना हुन लागेकाले यस क्षेत्रका खेलप्रेमीहरूमा विशेष उत्साह देखिएको छ।
प्रतियोगिताका खेलहरू सुचारु रूपमा सञ्चालन गर्न सुरक्षा, व्यवस्थापन तथा अन्य पूर्वाधार सुधारको कामलाई पनि प्राथमिकता दिइएको छ। आयोजक समिति, खेलाडी तथा दर्शकहरू प्रतियोगिताको औपचारिक सुरुवातको प्रतीक्षामा छन्।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया