

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको तयारी देउखुरीमा तीव्र, स्टेडियम मर्मतकाे काम चल्दै



राजेन्द्र खनाल, लमही । यही फागुन २५ गतेदेखि सुरु हुन गइरहेको प्रधानमन्त्री कप सिनियर पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी दाङकाे लमही स्थित देउखुरी क्रिकेट रंगशालामा तीव्र रूपमा अघि बढिरहेको छ। प्रतियोगितालाई सफल बनाउन मैदान स्तरोन्नति, पिच निर्माण र आउटफिल्ड सुधारको कार्य द्रुत गतिमा भइरहेको क्रिकेटर तथा आयोजक समितिका व्यवस्थापक प्रेम पुलामीले बताएका छन्।
उनका अनुसार क्रिकेट प्रेमीहरूका लागि महत्वपूर्ण रहेको देउखुरी क्रिकेट रंगशालामा अहिले ग्राउन्ड मर्मत, घाँस कटाई तथा सिँचाइ लगायतका कार्यहरूमा स्थानीय तथा प्राविधिक टोली सक्रिय छन्। खेलाडीहरूलाई उत्कृष्ट खेल अनुभव प्रदान गर्न पिचलाई अन्तर्राष्ट्रिय स्तरअनुसार तयार पार्ने लक्ष्य राखिएको छ। हाल प्रतियोगिताको मिति नजिकै आइसक्दा मैदानमा लगाइएको घाँस नउम्रदा भने मैदान मर्मतमा चिन्ता थपेकाे छ ।

प्रतियोगितामा देशभरका उत्कृष्ट दस क्रिकेट टोलीहरू प्रतिस्पर्धा गर्न तयारी अवस्थामा छन्। खेलप्रेमीहरूको उत्साह बढ्दै जाँदा आयोजक तथा प्राविधिक टोलीले अन्तिम तयारीलाई तीव्रता दिएका छन्।
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता नेपाल क्रिकेटको एक प्रतिष्ठित प्रतियोगिता हो, जसले राष्ट्रिय खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। देउखुरी क्रिकेट रंगशालामा पहिलो पटक प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता आयोजना हुन लागेकाले यस क्षेत्रका खेलप्रेमीहरूमा विशेष उत्साह देखिएको छ।
प्रतियोगिताका खेलहरू सुचारु रूपमा सञ्चालन गर्न सुरक्षा, व्यवस्थापन तथा अन्य पूर्वाधार सुधारको कामलाई पनि प्राथमिकता दिइएको छ। आयोजक समिति, खेलाडी तथा दर्शकहरू प्रतियोगिताको औपचारिक सुरुवातको प्रतीक्षामा छन्।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया