

व्यावहारिकतामा जोड दिदै अन्नपूर्ण मावि कोपवामा गरियाे खाना महोत्सव




राधा पाण्डे , कपिलवस्तु ।
विद्यार्थीहरुलाइ व्यावहारिकतामा लैजाने उद्देश्य सहित अन्नपूर्ण विद्या मन्दिर कोपवाले खाना महोत्सव सम्पन्न भएको छ । महोत्सव संगै प्यानल डिस्कसन,शैक्षिक प्रदशनी साथै नतिजा प्रकाशन भब्य रुपमा सम्पन्न भएको छ ।
बिगतका दिनहरुमा विद्यार्थीको क्षमता विकास गर्नको लागि विशेष कार्यक्रमको आयोजना गर्दै आएको विद्यालयले यस वर्ष पनि शिक्षा सङगै ब्याबहारिक जिवनमा उतार्न खाना महोत्सवलाई जोड दिएको विद्यालयले जानकारी दिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वाणगङ्गा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष करुण टन्डनले विगत र वर्तमानमा फरक तरिकाले शिक्षा क्षेत्र चलेको बताउनु भयो । उहाँले विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्रै नभएर व्यबहारिक ज्ञान आवश्यक रहेकोले त्यसै अनुसारको ज्ञान दिन अन्नपूर्ण तत्पर रहेको स्पष्ट पार्नुभयो ।
यस्तै विद्यालय व्यावस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ५ का वडा अध्यक्ष दुनिका प्रसाद भुसालले स्थापना कालदेखी हालसम्म आइपुग्दा विद्यालयले निकै फड्को मारेको बताउनुभयो ।
उहाँले यसमा शेयर सदस्य, बिद्यार्थी , शिक्षक , अभिभावकको महत्त्वपूर्ण भुमिका रहेकोले आज यस्ता विशेष कार्यक्रम गर्न सक्षम रहेको तर्क दिनुभयो ।
शैक्षिक व्यक्तित्व मोहन ज्ञवालिले यस विद्यालयले खाना महोत्सव जस्ता विशेष कार्यक्रमको आयोजना गरि विद्यार्थिहरुलाई ब्यावहारिकतामा लैजान महत्त्वपूर्ण भुमिका खेलेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सल्लाहकार युवराज अर्यालले टिनको छानादेखी सुरु भएको विद्यालयले ३ तले भवन बनाएर विद्यार्थीहरुको भविष्य सुनिश्चित गर्न तल्लीन रहेको बताउनुभयो ।
कार्यक्रममा खाना महोत्सव, प्यानल डिस्कसन,शैक्षिक प्रर्दशनी साथै खेल सप्ताहको पुरस्कार वितरण गरिएको थियो ।
विद्यालयका प्रधानाध्यापक मदन मल्लको अध्यक्षता, शिक्षक बालिका दाहालको स्वागत मन्तव्य, व्यावस्थापक कपिल घिमिरेको संचालनमा सम्पन्न भएको कार्यक्रममा अभिभावक, समाजसेवी, बुद्धिजीवी, शिक्षक, कर्मचारी, विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया