

महाकुम्भ मेलाबाट फर्किँदै गरेको जिप बिहारको मुजफ्फरपुरमा दुर्घटना, पाँचजना नेपालीको मृत्यु




काठमाडौँ- भारतको प्रयागराजमा आयोजना भइरहेको महाकुम्भ मेलाबाट फर्किँदै गरेको जिप बिहारको मुजफ्फरपुरमा शनिबार दुर्घटना हुँदा पाँचजना नेपालीको मृत्यु भएको छ। मृतक सबै एकै परिवारको रहेको बताइएको छ। दुर्घटनामा परी चारजना घाइते भएका छन्।
प्रयागराजबाट फकिँदै गरेको स्कार्पियो जिप शनिबार दिउँसो मुजफ्फरपुरको मधुबनी मन्दिरनजिक दुर्घटना भएको हो। दुर्घटनामा परी मन्तरणा देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दु देवी र चालकको मृत्यु भएको भारतीय सञ्चारमाध्यम दैनिक भाष्करले जनाएको छ।
दुर्घटनामा मनोहर ठाकुर कामिनी झा, सृष्टि ठाकुर र नाम नखुलेका एक जना घाइते भएका छन्। घाइते मनोहर नेपाल प्रहरीका जवान रहेको बताइएको छ।
दैनिक भाष्करले जनाएअनुसार मृतक र घाइते एकै परिवारका रहेका छन्। उनीहरू कुम्भमा स्नान गरेर अयोध्या र त्यसपछि वाराणसी पुगेर फर्किरहेको घाइते कामनी झाले बताएकी छन्। घाइतेलाई उपचारका लागि एसकेएमसीएचमा पठाइएको छ। तीव्र गतिमा रहेको जिप मोटरसाइकल बचाउन खोज्दा अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ। प्रत्यक्षदर्शीका अनुसार जिपले पाँच बल्ड्याङ खाएको थियो।
दैनिक भाष्करले जनाएअनुसार मृतक र घाइते सबै जना जनकपुरका छन्। धनुषाका प्रमुख जिल्ला अधिकारीले दुर्घटनाबारे कुनै जानकारी नआएको बताए। त्यस्तै जिल्ला प्रशासन कार्यालय महोत्तरीले पनि दुर्घटनाबारे कुनै खबर नआएको जनाएको छ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया