

कपिलधाममा ब्रह्मवैवर्त पुराण ज्ञान महायज्ञ संचालन


बाबुराम रायमाझी, जितपुर, मंसिर २२ | वाणगंगा-९ मा अवस्थित धार्मिक, ऐतिहासिक, र पर्यटकीय स्थल कपिलधाममा ५ औं ब्रह्मवैवर्त पुराण ज्ञान महायज्ञ भव्य रूपमा सुरु भएको छ। कपिलमुनी वैदिक संस्कृत गुरुकुलको प्रवर्द्धन, संरक्षण, र उन्नतिको उद्देश्यले आयोजित यो महायज्ञलाई स्वामी विवेकानन्द सरस्वती महाराजले उद्घाटन गरेका थिए।
उद्घाटन गर्दै प्रमुख अतिथि स्वामी विवेकानन्द सरस्वती महाराजले यस्ता धार्मिक महायज्ञहरूले धर्म, संस्कृति, र आध्यात्मिक चेतनाको विकासमा महत्त्वपूर्ण योगदान गर्ने बताए। उनले मानवले भौतिकवाद भन्दा आध्यात्मिकतातर्फ अग्रसर हुनुपर्ने धारणा पनि राखे।
वाणगंगा वडा नं. ९ का वडा अध्यक्ष कमल पौडेलले कपिलधामलाई धार्मिक तथा पवित्र स्थलको रूपमा विकास गर्न वडा कार्यालयबाट निरन्तर सहयोग गर्दै आएको र भविष्यमा पनि गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।
कपिल प्राकृतिक चिकित्सालयका अध्यक्ष आत्माराम आचार्यले महायज्ञको सफलताको शुभकामना दिँदै यसले धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान गर्ने विश्वास व्यक्त गरे। महायज्ञका संयोजक भीम प्रसाद सापकोटाले सहभागी सबै भक्तजनलाई धन्यवाद दिंदै दैनिक हुने संगीतमय भजन र कथा श्रवणमा सहभागी हुन आग्रह गरेका छन् ।महायज्ञको पूर्वसन्ध्यामा कपिलधामदेखि लक्ष्मणघाट बोलबमधामसम्म बाजागाजासहितको कलश यात्रा निकालिएको थियो। महायज्ञका प्रमुख बाचक पण्डित ऋषिकेश उपाध्यायले प्रवचन प्रस्तुत गर्नेछन् ।दैनिक बेलुका संगीतमय भजन तथा आकर्षक महाआरतीले सहभागी भक्तजनलाई आध्यात्मिक आनन्द प्रदान गर्ने आयोजकले जनाएको छ ।
कार्यक्रमको सहजीकरण पण्डित कमल पौडेलले गरेका थिए। महायज्ञले कपिलधामको धार्मिक र पर्यटकीय महत्वलाई अझ उचाइमा पुर्याउने विश्वास लिइएको छ।


खबर सबै
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ






प्रतिक्रिया