
लुम्बीनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित

बुटवल | नेकपा एमाले बाँके जिल्ला कमिटीले लुम्बिनी प्रदेशका सांसद दुर्गा चौधरीलाई निलम्बन गरेको छ । पार्टीलाई हानी नोक्सानी पुर्याउने मनसाय राखेर गालीगलोज गर्ने, सामाजिक सञ्जालमा लेख्न लगायत गतिविधि गरेको भन्दै चौधरीलाई निलम्बन गरिएको छ ।
बाँके–१ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद चौधरी पुर्वमन्त्री समेत हुन् । लिला गिरी मुख्यमन्त्री हुँदा चौधरी मन्त्री थिए । ‘जिम्मेवार पदमा बसेका नेताले पार्टीलाई हानी नोक्सानी पुर्याएमा कारबाही हुने विधानको व्यवस्था छ, त्यसैअनुसार निलम्बन गरिएको हो’ बाँके जिल्ला अध्यक्ष निरक गुरुङले भने । बाँके एमालेको जिल्ला सचिवालय बैठक बसेर चौधरीलाई निलम्बनको निर्णय भएको हो ।
एक नेताका अनुसार चौधरी कुनै पनि पार्टी कमिटीमा नरहेकाले बाँके जिल्ला कमिटीले सदस्यबाट निलम्बन गर्ने निर्णय भएको हो । माओवादीबाट एमालेमा आएका चौधरी यसअघि प्रदेश कमिटी उपसचिव थिए । तर गत वर्ष सम्पन्न प्रदेश अधिवेशनमा उनी उपसचिव पदमा पराजित भए ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया