
अव्यवस्थीत सडक निर्माणले धुलाम्मे चन्द्रौटा बजार

कार्तिक १७ कपिलवस्तु
कपिलवस्तु जिल्लाको एक मुख्य ब्यापारिक केन्द्रको सडक निर्माणको गैरजिम्मेवारी पनले नागरिकहरु दैनिक सास्ति खेपिरहेका छन् ।
जिल्लाको शिवराज नगरपालिका स्थित व्यस्त बजार चन्द्रौटा मंगलबार धुलाम्मे थियो । बजार क्षेत्रको सडक निर्माण कार्य सुरु भए संगै बजार क्षेत्र धुलाम्मे भएको हो । सडक विस्तारको काम व्यस्त बजार क्षेत्रमा रातिमा गर्नु पर्ने भए पनि निर्माण कम्पनीले नागरिकको स्वास्थ्यमाथि लापार्वाही गर्दा धुलोले बजार क्षेत्र नै ढाक्ने गर्छ ।

सडक विस्तारका क्रममा व्यस्त बजारमै सडक विस्तारको काम गर्दा रातिको समयमा वा बजार बन्द हुने समयमा काम गर्नु पर्ने हुन्छ तर निर्माण कम्पनीले सडक विस्तारको काम बजार व्यस्त रहेको समयमा गर्दा सडकमा उडेको धुलोले नागरिकको स्वास्थ्यमा असर पुगेको छ भने बजारमा विक्रिका लागि राखिएका खाद्यपदार्थ प्रदुषित भएका छन् ।
नागरिकको स्वास्थ्यको धज्जी उडाउदै गरेको विकास कसले उपयोग गर्ने स्थानीय एक व्यापारीले भने ।
विकास हुदै छ हामीलाई पनि थाह छ, तर नागरिकहरुको प्रत्यक्ष स्वास्थ्य संग खेलवाड हुने किसिमले धुलो उडाउनु गलत रहेको उनको भनाई छ ।
ठेकेदारले नागरिकको स्वास्थ्यको विषयमा चासो नदिदाँ मंगलबार दिन भरि जसो धुलो खाएर बस्नु परेको अर्का व्यापारीले बताए । सडक निर्माणको जिम्मा पाएको मोतिदान पिपिआरले भने सडक अब कालो पत्रे गर्ने समयमा धुलो उडाउनु पर्ने भएको र सोही कारण धुलो उढेको बताएका छन् ।
कम्पनीका ठेकेदार भोजराज खनालले अब छिट्टै प्राइम हान्ने भन्दै त्यस पश्चात धुलोको जोखिम नहुने बताएका छन् ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया