
असिना पानीले किसानको खेतीमा क्षति

साझाकुरा | कपिलवस्तुसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सोमबार बेलुका परेको असिना पानीले किसानको कृषि बालीमा क्षेती पुर्याएको छ । खासगरी यतीबेला हिउँदे बाली लगाइसकेका किसानहरुलाई यो पटकको बेमौसमी वर्षाले चिन्तित तुल्याएको छ ।
वर्षासँगैको असिनाले तराइका जिल्लामा खेतमा छरिएको तेलहन तथा दलहन बालीमा असर पारेको छ भने हिउँदे तरकारी बालीमा पनि यसको असर छ । यस्तै धान बाली भित्राउन तयारी अवस्थामा रहेका किसान समेत चिन्तित छन ् ।सोमबार बेलुका लुम्बिनी प्रदेशका जिल्लाहरुमा असिनासहितको पानी परेको हो ।
सोमबार बेलुका परेको असिना पानीको कारण किसानले लगाएको गहुँ, तोरी र फलफूल खेतीमा क्षति पुगेको किसानहरूको भनाई छ ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा यतिबेला किसानहरुले धान बाली भित्राउने र तोरी, गहुँ, मसुरो, केराउ लगाएतका बाली लगाइरहेका थिए । यस्तै आलु लगाएतका तरकारी बालीसमेत लगाउने समय पनि यही भएकाले कतिपय किसानले लागइसकेका छन भने कतिपयले बाली लगाउन खेत तयारी गरीरहेका थिए । यसमा पनि वर्षाले असर पारेको किसानको भनाइ छ ।
उता रुकुमको त्रिवेणी गाउँपालिका ७ राजकोटकी रामसरा खड्काले भर्खरै लगाएको गहुँ खेती असिना पानीले बगाएको बताउनुभयो । उहाँले ठुलो मात्रामा परेको पानीले धान खेती ढल्याउदै गरेका र गहुँ खेती लगाउँदै गरेका किसानलाई मर्कामा पारेको जनाउनुभयो ।
अर्का किसान शङ्कर डाँगीले गहुँ, तोरी र फलफूल खेतीमा क्षति पुगेको जानकारी दिनुभयो । उहाँले गहुँ र तोरी बगाएको र असिनाले सुन्तला, कागती झारेको बताउनुभयो ।
असिना पानीले अन्य स्थानमा धान र पराल ढल्याउदै गरेका किसानलाई समस्यामा पारेको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया