
सामाजिक दुरी कायम गरेर मोहम्मद डे मनाउन अकरम पठानको अपिल

ई–साझाकुरा, कार्तिक १४
शुक्रवार धुमधामका साथ मनाइने मोहम्मद डे लाई सामाजिक दुरीका साथ सचेत रहेर मनाउन कृष्णनगर नगरपालिका वडा नं २ बस्ने तत्कालीन समाजवादी पार्टी प्रदेश नं ५ प्रवक्ता र हाल जसपाका युवा नेता अकरम पठानले अपिल गर्नुभएको छ ।

उहाँले मोहम्मद डे को अवसरमा सम्पूर्ण मा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै कोभिड १९ महामारीबाट सचेत रहेर आफुलाई सुरक्षित राख्दै सबै चाडपर्व मनाउन प्रदेश बासी संग अपिल गर्नुभयो । सरकारले तोकेको स्वास्थ्य मापदंड अनुसार नै सबैले सामाजिक दुरीका साथै स्वास्थ्यसम्बन्धि मापदण्डको पालना गरेर चाड पर्व मा सहभागि हुन उहाँले आग्रह गर्नुभयो । कोभिड १९ का कारण यो वर्ष मनाइने सबै चाडपर्वहरु प्रभावित भएको जनाउँदै उहाँले सचेतना, सुरक्षा र सरसफाईबाट मात्रै कोरोनालाई पराजित गर्न सकिने बताउनुभयो ।
हालै सम्पन्न भएको दसैं लगायतका अन्य चाडपर्वमा देखिएको सदभाव र सामाजिक एकतालाई मोहम्मद डे मा पनि सबैले कायम राख्न प्रवक्ता पठानले अनुरोध गर्नुभयो । उहाँले केन्द्र र प्रदेश सरकारले विदा नदिएपनि स्थानीय सरकारले मोहम्मद डे लगायतका सबै धर्मावलम्बीका चाडपर्वहरुमा विदा दिनुपर्ने कुरामा जोड दिंदै कृष्णनगर नगरपालिकालाई शुक्रवार विदा घोषणा गर्न माग गर्नुभयो ।


खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया