

पाल्पामा पहिलो पटक ट्राफिक लाइट जडान




तानसेन : पाल्पामा पहिलो पटक ट्राफिक लाइट जडान गरिएको छ । रिब्दीकोट गाउँपालिका वडा नं. ४ भैरवस्थानमा ट्राफिक लाइट जडान गरिएको हो। रिब्दीकोट गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत रिब्दीकोटको वडाको कार्यक्रमबाट ट्राफिक लाइट जडान गरिएको हो ।
धार्मिक र पर्यटकीय स्थलसमेत नजिक रहेको बाटो छेउको विद्यालय भैरवजनता मावि अगाडि लाइट जडान गरिएको वडा अध्यक्ष सोमकुमार कार्कीले जानकारी दिए ।
एक लाख ५० हजारको लागतमा लाइट जडान गरिएको छ ।
दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने र सवारी चालकले लाइटमार्फत नियम पालना गर्दा विद्यार्थी, अभिभावक र भैरवनाथ मन्दिरमा आउने भक्तजनलाई आवतजावतमा सहजता हुने विश्वास लिइएको गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताए। भैरवस्थानबाट सुरु भएको लाइट जडानलाई अन्य क्षेत्रमा पनि विस्तार गर्ने पालिकाको योजना रहेको अध्यक्ष कार्कीले बताए।
विद्यालय हातामा आवतजावतको लागि र सवारी दुर्घटना न्यूनिकरणको लागि ट्राफिक लाइटले टेवा पुग्ने विश्वास लिइएको छ ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया