

कपिलवस्तुमा सवारी दुर्घटना : एक वर्षमा ७० जनाले ज्यान गुमाए



गुलाम अली, कपिलबस्तु । कपिलवस्तु जिल्लामा चालु आर्थिक वर्षमा विभिन्न सडक दुर्घटनामा परी ७० जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको असार १५ गते सम्मको प्रहरीको तथ्याङ्कले यस्तो देखाएको हो ।
ट्राफिक प्रहरीले सवारी चेकजाँचमा कडाई गरिरहेको दाबी गरिरहे पनि कपिलबस्तु जिल्लामा सवारी दुर्घटनामा भने कमी आउन सकेको समेत देखिदैन । सवारी दुर्घटनामा परेर ट्राफिक प्रहारी कार्यालयको आर्थिक बर्ष २०८०/८१ तथ्याङ अनुसार १७० वटा द्ुर्घटना भएको छ । जसमा घाईते हुनेको संख्या १४६ छ भने दुर्घटनाबाट ७० ज्यानले आफनो ज्यान गुमाएको तथ्याङले देखाएको छ ।
दुर्घटनाको दरलाई हेर्दा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना हुने गरेको देखिएको छ । यसको अर्थ पछिल्ला वर्ष सडकमा दुईपाङ्ग्रे साधनको चाप समेत बढ्दा यी साधन मानिको काल बनिरहेका छन् । तिव्र गतिमा हुइकिने दुइपाङ्ग्रे साधनको असावधानीपूर्ण हुइक्याईले दुर्घटनाको दर समेत बढ्ने गरेको देखिन्छ ।
कपिलवस्तुमा भएका सडक तथा सवारी दुर्घटनामा सबैभन्दा बढी दुई पाङरे (मोटरसाईकल ) बाट ३१ जनाले आफनो ज्यान गुमाएका छन् भने जिप ÷करबाट ९, बस १७, टयाक्टर ५, टिप्परबाट ६, टयाम्पुबाट २ जनाले दुर्घटनामा परेर ज्यान गुमाएको ट्राफिक कार्यालय प्रमुख निरिक्षक अनिश भण्डारीले जानकारी दिनुभएको छ ।
यसैबीच पछिल्लो ४ बर्षको तथ्याङ हेर्दा आर्थिक वर्ष २०७७/७८ मा ७६ जना ,२०७८/७९ मा ५९ जना २०७९/८० मा ५५ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका थिए । कपिलवस्तुमा पछिल्लो ४ बर्षको अवधिमा २६० जनाले दुर्घटनाबाट ज्यान गुमाएको ट्राफिक कार्यालय प्रमुख निरिक्षक भण्डारीले जानकारी दिनुभएको छ ।
प्रहरीको तथ्याङ्क र अध्ययन अनुसन्धानले दुर्घटना बढी भित्री सडकखण्डमा हुने गरेको बताइन्छ । खासगरी सवारी चालकको लापरवही , मार्दक पदार्थहरुको सेवन गरी सवारी चलाउनु, तिब्र गतिमा सवारी कुदाउनु र पैदल यात्रीहरुमा समेत जनचेतनाको कमीका कारण दुर्घटना हुने गरेको प्रहरीले बताउँछ ।
चालु आर्थिक बर्षको असार १५ गतेसम्म सवारीसाधनको चेकजाँच र कारवाहीबाट प्रहरीले ३० हजार १ सय ६३ जनालाई कारवाहीको दायरामा ल्याएको पनि जनाएको छ । ट्राफिक प्रहरीको कारवाहीबाट २ करोड १७ लाख ९२ हजार राजस्व समेत संकलन भएको प्रहरीले जनाएको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया