
संसदमा सांसद शाहीले सुनाए ठुला दलप्रति व्यङ्ग्य ‘कविता’

साझाकुरा | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले ठूला राजनीतिक दललाई व्यङ्ग्य गरेर संसद्मा कविता सुनाएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकको विशेष समय लिएर बोल्ने क्रममा उनले कविता सुनाएका हुन् ।
एउटा कुटे जस्तो गर्छौ
एउटा रोए जस्तो गर्छौ
एउटा घचेटे जस्तो गर्छ
अर्को अलि पर सर्छ
तिमी हाम्रो हात काट्छौ
र चम्चाले खुवाउँछौ
दिउँसो कम्मल बाँध्छौ
राति घरमा आगो लगाउँछौ
तिम्रो सक्कली अनुहारबाट
हामी बेखबर
आँखा चिम्लेर तिम्रो जयजयकार गर्छाैं
र त हामी दुःख पाउँछौं
यी सब तिम्रा नाटक हुन्
हामीलाई थाहा छ तिमीहरू
आपसमा मिलेर अवसरको साझेदारी गर्छौ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया