
एमाले कपिलवस्तुको अध्यक्षमा बाबुराम खनाल निर्वाचित

कपिलवस्तु । नेकपा (एमाले) कपिलवस्तुको १० अौँ जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा बाबुराम खनाल बिजयी हुनु भएको छ । शुक्रवार सम्पन्न निर्वाचनमा खनालले निवर्तमान अध्यक्ष डम्मर शर्मालाई २५ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
खनालले २ सय ७८ मत प्राप्त गर्दा निवर्तमान अध्यक्ष शर्माले २५३ मत प्राप्त गर्नुभयो । यसैगरी उपाध्यक्ष पदमा शंकर पाण्डे १०८ मतान्तरले विजयी हुनुभयो । शंकरले ३०२ मत प्राप्त गर्दा प्रत्यासी भेषराज पाण्डेले २१० मत प्राप्त गर्नुभयो ।
सचिव पदमा सिवि गहतराज ३०४ मत ल्याउँदा विश्व कार्कीले २१२ मत प्राप्त गर्नुभयो । गहतराज ९२ मत अन्तरले विजयी हुनुभयो । उपसचिवको खुलातर्फ देविबहादुर पोख्रेलले १४७ मत र महिलातर्फ शुसिला दर्लामिले ३३२ मत ल्याइ बिजयी हुनु भएको निर्वाचन अधिकृत हुननाथ पाण्डेले बताउनुभयो ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया