

पाल्पामा टिप्परको ठक्करबाट एक जनाको मृत्यु



पाल्पा। पाल्पामा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शनिबार बेलुकी ५ बजेतिर तिनाउ –२, सिसखोला नजिकै टिप्परको ठक्करबाट रैनादेवी छहरा –७, जुठापौवाका ४५ वर्षीय जगबहादुर बलालको मृत्यु भएको हो ।
बुटवलबाट दोभान कचल सडक हुँदै सर्वोत्तम सिमेन्ट खानीतर्फ जाँदैगरेको लु २ ख ८७४ नम्बरको टिप्प्रले विपरीत दिशाबाट आइरहेको लु १७ प १५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बलालको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
मृतकको शब पोष्टमार्टमका लागि लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको छ । टिप्परचालकलाई नियन्त्रणमा लिएर घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया