
सहकारीमन्त्री बलराम अधिकारी जोर्डन प्रस्थान

कपिलवस्तु । नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारी जोर्डन प्रस्थान गरेका छन्। जोर्डन सरकारले आयोजना गर्न लागेको ११ औं एसिया प्रशान्तका सहकारी मन्त्रीहरुको सहकारी सम्मेलनमा भाग लिन मन्त्री अधिकार गएराति जोर्डन प्रस्थान गरेका हुन्।
मन्त्रालयका सचिव गोकर्णमणी दवाडी र सहकारी क्षेत्र हेर्ने एकजना सह–सचिवलाई साथमा लिएर मन्त्री अधिकारी शुक्रबार राति जोर्डन प्रस्थान गरेका उनको सचिवालयले जनाएको छ।
उक्त सम्मेलनमा मन्त्री अधिकारीले आर्थिक विकासमा सहकारीको योगदान, नेपालको प्रयास र कानुनी ब्यवस्थाका सम्वन्धमा प्रमुख वक्क्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम छ।
विभिन्न देशमा सहकारी संस्थाको विकास, प्रवद्र्धन र नियमन गर्नका लागि सरकारीस्तरमा भएका प्रयास र व्यवस्थाबारे सम्मेलनमा अनुभव आदानप्रदान गर्ने कार्यक्रम छ।
जोर्डन सरकारले एसिया प्यासेफिकका मन्त्रीहरुको सहभागितामा यही वैशाख १६ गतेदेखि १८ गते सम्म सम्मेलन गर्न लागेको हो। सम्मेलनमा सहभागी भएर मन्त्री अधिकारी वैशाख १८ गते नै स्वदेश फर्किने कार्यक्रम छ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया