

रुपन्देहीमा आगो निभाउन गएको दमकलमै आगलागी



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल आगो निभाउने क्रममा जलेर क्षतिग्रस्त भएको छ । नगरपालिकाको लु १ ग ३४९ नम्बरको दमकलमा आगलागी भएको हो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका-८ गणेशनगरको जङ्गलमा डढेलो निभाउन गएको दमकलमा बुधबार हावासँगै आगोको लप्काले दमकलमा टिपेपछि आगलागी भएको इलाका प्रहरी चौकी मङ्गलापुर रुपन्देहीले जनाएको छ ।
दमकलमा आगलागी भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । यो वर्ष रुपन्देहीमा गर्मी सुरु भएसँगै भएको आगलागीमा ठुलो भौतिक क्षति भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाको मुग्लाहामा करिब १० बिगाहा जग्गाको गहुँ बाली नै जलेर नष्ट भएको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया