

रुपन्देहीमा आगो निभाउन गएको दमकलमै आगलागी



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल आगो निभाउने क्रममा जलेर क्षतिग्रस्त भएको छ । नगरपालिकाको लु १ ग ३४९ नम्बरको दमकलमा आगलागी भएको हो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका-८ गणेशनगरको जङ्गलमा डढेलो निभाउन गएको दमकलमा बुधबार हावासँगै आगोको लप्काले दमकलमा टिपेपछि आगलागी भएको इलाका प्रहरी चौकी मङ्गलापुर रुपन्देहीले जनाएको छ ।
दमकलमा आगलागी भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । यो वर्ष रुपन्देहीमा गर्मी सुरु भएसँगै भएको आगलागीमा ठुलो भौतिक क्षति भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाको मुग्लाहामा करिब १० बिगाहा जग्गाको गहुँ बाली नै जलेर नष्ट भएको छ ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया