

जङ्गलकाे डढेलाेले गुल्मीको विद्युत सब-स्टेसनमा आगलागी



गुल्मी । गुल्मीमा जंगलमा लागेको आगो विद्युत सब–स्टेसनमा सल्किंदा डेढ करोड बढीको क्षति भएको छ ।
जिल्लाको गुल्मीदरबार गाउँपालिका वडानम्बर-४ बिरबासस्थितमा रुङखादह सामुदायिक जंगलमा लागेको आगो विद्युत सब–स्टेसन परिसरमा पुग्दा त्यहाँ रहेका तारहरु जलेर नष्ट भएको नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलले बताए ।
जिल्लाका सम्पूर्ण क्षेत्रमा विद्युतस्करण गर्ने लक्ष्यले त्यस स्थानमा तारसहितका सामग्री राखिएको थियो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयहरु दमकलसहित खटिएर आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए ।
पछिल्लो केही दिन यता जिल्लाका विभिन्न स्थानका सामाुदायिक वनमा आगलागीका घटनाहरु बढदै गएका छन् ।
मानवीय त्रुटिका कारणले बन जंगलमा आगलागीका घटनाहरु बढदै गएका छन् ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया