जङ्गलकाे डढेलाेले गुल्मीको विद्युत सब-स्टेसनमा आगलागी

गुल्मी । गुल्मीमा जंगलमा लागेको आगो विद्युत सब–स्टेसनमा सल्किंदा डेढ करोड बढीको क्षति भएको छ ।

जिल्लाको गुल्मीदरबार गाउँपालिका वडानम्बर-४ बिरबासस्थितमा रुङखादह सामुदायिक जंगलमा लागेको आगो विद्युत सब–स्टेसन परिसरमा पुग्दा त्यहाँ रहेका तारहरु जलेर नष्ट भएको नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलले बताए ।

जिल्लाका सम्पूर्ण क्षेत्रमा विद्युतस्करण गर्ने लक्ष्यले त्यस स्थानमा तारसहितका सामग्री राखिएको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयहरु दमकलसहित खटिएर आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए ।

पछिल्लो केही दिन यता जिल्लाका विभिन्न स्थानका सामाुदायिक वनमा आगलागीका घटनाहरु बढदै गएका छन् ।

मानवीय त्रुटिका कारणले बन जंगलमा आगलागीका घटनाहरु बढदै गएका छन् ।

प्रतिक्रिया