

घरमा आगलागी हुँदा दाङको लमहीमा एक जनाको मृत्यु




दाङको लमहीमा घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । लमही नगरपालिका – ९ तरूलियाका ८७ वर्षीय वीरबहादुर बोटेको आगलागीका कारण मृत्यु भएको हो।
विहीबार बेलुका ५ बजे स्थानीय वीरबहादुरको गोठबाट आगो सल्किएको थियो। इलाका प्रहरी कार्यालय अमिलिया प्रहरी प्रमुख प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठका अनुसार बालबालिकाले लाइटर खेलाउने क्रममा खरको छानो युक्त गोठमा आगो सल्किएको खुलेको छ।
गोठमा सल्किएको आगोले वीरबहादुरको घरसम्म पुगेको थियो । आगो घरमा सल्किरहेको समयमा वीरबहादुर पैसाको बाकस निकाल्न घर भित्र छिरेका थिए। पैसा लिएर निस्केपछि अन्य सामग्री निकाल्न छिरेका थिए।
सोही क्रममा उनी निसासिएर लडेको र जलेर मृत्यु भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए। वीरबहादुरको गोठबाट सल्किएको आगो जितबहादुर बोटेको घरसम्म फैलिएको थियो । आगलागी बाट दुई घर र एक गोठ जलेर नष्ट भएका छन्।
जितबहादुर बोटेको घरको केही सामान भने निकालिएको प्रहरीले बताएको छ ।
आगो निभाउन लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल प्रयोग गरिएको थियो। राति साढे ११ बजे तिर मात्रै आगो निभाइएको थियो।


खबर सबै
-
बिरामीको भिडियो सामाजिक सञ्जालमा राखेपछि भैरहवाका डा. शाह माथी कार्वाहीको चेतावनी
-
मालपोत कार्यालय रुपन्देहीका सुब्बा दुई लाख घुससहित पक्राउ
-
सरकारी छाप र दस्तखत दुरूपयोग आरोपमा तीन जना पक्राउ
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?











प्रतिक्रिया