

घरमा आगलागी हुँदा दाङको लमहीमा एक जनाको मृत्यु



दाङको लमहीमा घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । लमही नगरपालिका – ९ तरूलियाका ८७ वर्षीय वीरबहादुर बोटेको आगलागीका कारण मृत्यु भएको हो।
विहीबार बेलुका ५ बजे स्थानीय वीरबहादुरको गोठबाट आगो सल्किएको थियो। इलाका प्रहरी कार्यालय अमिलिया प्रहरी प्रमुख प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठका अनुसार बालबालिकाले लाइटर खेलाउने क्रममा खरको छानो युक्त गोठमा आगो सल्किएको खुलेको छ।
गोठमा सल्किएको आगोले वीरबहादुरको घरसम्म पुगेको थियो । आगो घरमा सल्किरहेको समयमा वीरबहादुर पैसाको बाकस निकाल्न घर भित्र छिरेका थिए। पैसा लिएर निस्केपछि अन्य सामग्री निकाल्न छिरेका थिए।
सोही क्रममा उनी निसासिएर लडेको र जलेर मृत्यु भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए। वीरबहादुरको गोठबाट सल्किएको आगो जितबहादुर बोटेको घरसम्म फैलिएको थियो । आगलागी बाट दुई घर र एक गोठ जलेर नष्ट भएका छन्।
जितबहादुर बोटेको घरको केही सामान भने निकालिएको प्रहरीले बताएको छ ।
आगो निभाउन लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल प्रयोग गरिएको थियो। राति साढे ११ बजे तिर मात्रै आगो निभाइएको थियो।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया