
लुम्बिनीका मुख्यमन्त्री र तीन विनाविभागीय मन्त्रीले लिए शपथ

लुम्बिनी : लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिएका छन् । महरालाई आइतबार बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराएका हुन् ।
महराले आइतबार नै तीन विनाविभागीय मन्त्री नियुक्त गर्दै मन्त्रिरिषद् विस्तार गरेका छन् । नेकपा (एमाले)का तर्फबाट चेतनारायण आचार्य, नेकपा (माओवादी केन्द्र)बाट दीपेन्द्र कुमार पुन र जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट भण्डारीलाल अहिर विनाविभागीय मन्त्री नियुक्त भएका हुन् ।
तीनै मन्त्रीहरूले प्रदेश प्रमुख शेरचनबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नवनियुक्त मुख्यमन्त्री महराले छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए । सत्ता गठबन्धनमा धेरै दलको सहभागिता रहेकाले मन्त्रिपरिषद्को आकार केही ठूलो हुन सक्ने बताए ।
मन्त्रिपरिषद्ले पूर्णता पाएलगत्तै प्रदेश सरकारले साझा न्यूनतम कार्यक्रम बनाउनेछ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया