
भन्सार छलेर भित्र्याइएकाे ३ सय ५ बाेरा केराउ बरामद

रुपन्देही प्रहरीले बिहीबार दिउँसो भन्सार छलेर भित्र्याइएकाे ३ सय ५ बाेरा केराउ बरामद गरेकाे छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टाेलीले सिद्वार्थनगर नगरपालिका- ४, सुगरमिलबाट उक्त केराउ बरामद गरेकाे जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक रन्जितसिंह राठौरका अनुसार कपिलवस्तुकाे सुठाैंली भन्सारबाट ४५ बाेरा मकैकाे भन्सार गरेर त्यसमै ठूलाे परिमाणमा केराउ भित्र्याइएकाे अनुसन्धानबाट खुलेकाे छ ।
मकै बाेकेकाे भनिएकाे यूपी१५सीटी८१९८ नम्बरकाे ट्रक जाँच गर्दा १५ लाख २५ हजार मूल्यकाे ३ सय ५ बाेरा केराउ बरामद भएकाे हाे । ट्रकमा रहेकाे ८६ हजार ६ सय २५ रुपैयाँ मूल्य बराबरको ४५ बाेरा मकैकाे मात्र भन्सार गरिएको पाईएकाे छ ।
प्रहरीले बरामद मकै, केराउ र १८ लाख मूल्य बराबरकाे ट्रक समेत गरि ३४ लाख ११ हजार ६ सय २५ रुपैयाँका सामाग्री भन्सार बुझाएको जनाएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया