

अर्घाखाँचीको शितगङ्गामा टिपर दुर्घटना हुँदा २ जना घाइते



बुटवल । अर्घाखाँचीको शितगङ्गामा टिपर दुर्घटना हुँदा २ जना घाइते भएका छन् । कपिलवस्तुदेखि अर्घाखाँचीतर्फ जाँदै गरेको ना१ख ८४७३ नम्बरको टिप्पर गोरुसिङ्गे सन्धिखर्क सडकखण्डको शितगङ्गा नगरपालिका– ३ स्थित पाडेगैरा बासको ओरालोमा दुर्घटना भएको हो ।
दुर्घटनामा चालक र सहचालक घाइते भएको जिल्ला प्रहरी कार्यालयले अर्घाखाँचीले जनाएको छ । दुर्घटनामा चालक अमृत चुदाली र सहचालक पुरन मगर घाइते भएका प्रहरीले बताएको छ । प्रहरीका अनुसार उनीहरू सन्धिखर्क नगरपालिका– ७ निवासी रहेको खुलेको छ ।
दुवै जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचार पश्चात् बुटवल रिफर गरिएको छ । टिप्पर सडकबाट ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया