

अर्घाखाँचीको शितगङ्गामा टिपर दुर्घटना हुँदा २ जना घाइते



बुटवल । अर्घाखाँचीको शितगङ्गामा टिपर दुर्घटना हुँदा २ जना घाइते भएका छन् । कपिलवस्तुदेखि अर्घाखाँचीतर्फ जाँदै गरेको ना१ख ८४७३ नम्बरको टिप्पर गोरुसिङ्गे सन्धिखर्क सडकखण्डको शितगङ्गा नगरपालिका– ३ स्थित पाडेगैरा बासको ओरालोमा दुर्घटना भएको हो ।
दुर्घटनामा चालक र सहचालक घाइते भएको जिल्ला प्रहरी कार्यालयले अर्घाखाँचीले जनाएको छ । दुर्घटनामा चालक अमृत चुदाली र सहचालक पुरन मगर घाइते भएका प्रहरीले बताएको छ । प्रहरीका अनुसार उनीहरू सन्धिखर्क नगरपालिका– ७ निवासी रहेको खुलेको छ ।
दुवै जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचार पश्चात् बुटवल रिफर गरिएको छ । टिप्पर सडकबाट ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया