

लुम्बिनीकी सुष्मा तामाङ फाइनलमा प्रवेश



लुम्बिनीकी सुष्मा तामाङ र बागमतीकी रमिशा श्रेष्ठ छैटौँ वीर गणेशमान राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत महिला ५० केजीमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको शुक्रबार भएको सेमिफाइनलमा सुष्माले कर्णालीकी अस्मिता दुवाललाई हराउँदै अन्तिम दुई स्थान पक्का गरिन् । रमिशाले नेपाल आर्मीकी आरती बम्जनलाई हराउँदै सुष्मासँगको उपाधि भिडन्त पक्का पारिन् । महिला ५४ केजीमा बागमतीकी रक्षा जिसीले गण्डकीकी सोनिया बडुवाललाई हराउँदै फाइनल स्थान पक्का गरिन् । नेपाल प्रहरीकी अञ्जली तेलीले आर्मीकी लालुमाया खत्री क्षेत्रीलाई निराश पार्दै अन्तिम दुई स्थान सुरक्षित गरिन् ।
महिला ५७ केजीको पहिलो सेमिफाइनलमा आर्मीकी वर्षा श्रेष्ठले प्रहरीकी निशा तामाङलाई हराइन् । कोशीकी नारिका राईले लुम्बिनीकी ललिता बस्नेतलाई पाखा लगाउँदै उपाधि भिडन्त पक्का गरेकी छिन् । महिला ६० केजीमा आर्मीकी ललिता महर्जनले कोशीकी जोनु लिम्बूमाथि सहज जित निकाली फाइनल स्थान बनाइन् । एपिएफकी संगीता सुनारले बागमतीकी नतिशा रानामगरलाई पन्छाउँदै फाइनलमा स्थान बनाइन् । महिला ६६ केजीको पहिलो सेमिफाइनलमा आर्मीकी निरू गुरुङले सुदूरपश्चिमकी सञ्जिता चौधरीलाई हराइन् । एपिएफकी विनिता थापामगरले कर्णालीकी अस्मिता चन्दको चुनौती पन्छाउँदै फाइनलमा स्थान सुरक्षित गरेकी छिन् ।
महिला ७५ केजीमा एपिएफकी सरस्वती रानाले लुम्बिनीकी जुनमायालाई निराश पारिन् । आर्मीकी तृषा जबेगूले कर्णालीकी शिलु महर्जनमाथि जित दर्ता गर्दै फाइनल सुरक्षित गरेकी छिन् । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुषमा फाइनल पुग्ने खेलाडीको टुंगो लागेको छ । पुरुष ५१ केजीमा प्रहरीका चन्द्रबहादुर थापाले बागमतीका लालप्रसाद उप्रेतीलाई हराउँदै अन्तिम दुई स्थान पक्का गरे ।
भूपेन्द्र फाइनलमा
पुरुषतर्फको ६३.५ केजीमा प्रहरीका भूपेन्द्र थापाले गण्डकीका निश्चल गुरुङमाथि सहज जित निकाले । आर्मीका खगेन्द्र रोकामगरले लुम्बिनीका अनिलकुमार पुनलाई हराउँदै भूपेन्द्रसँगको स्वर्ण भिडन्त पक्का पारे । ७१ केजीमा एपिएफका विक्रम चौधरीले बागमतीका अश्विनधिरन श्रेष्ठलाई हराए ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया