

बिहीबारदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु



लुम्बिनी : समृद्धिका लागि विश्व शान्ति अन्तर्राष्ट्रिय सम्मेलन बिहीबारदेखि सुरु भएको छ । परराष्ट्र मन्त्रालय र अन्तर कन्सुलर कर्पस नेपालद्वारा आयोजित कार्यक्रममा विभिन्न १९ मुलुकका नेपालका लागि गैरआवासीय राजदूत र अवैतनिक वाणिज्यदूत सहभागी छन् ।
त्यस्तै, उच्च सरकारी अधिकारी र पर्यटन क्षेत्रका विशेषज्ञ पनि सहभागी छन् । बिहीबारको कार्यक्रम भैरहवामा आयोजना गरिएको छ । शुक्रबार एक बजे लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा कार्यक्रम राखिएको छ । सम्मेलनमा ग्रीस, मरिसस, इन्डोनेसिया, मंगोलिया, सर्बिया, अस्ट्रिया, बुल्गेरिया र इस्टोनियाका गैरआवासीय राजदूत आएका छन् ।
त्यस्तै चेक रिपब्लिक, तान्जानिया, स्लोभेनिया, साइप्रस, आयरल्यान्ड, स्पेन, लात्भिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन रिपब्लिक रोमानियाका गैरआवासीय राजदूत सहभागी छन् ।
सम्मेलनमा नेपालमा लगानीका अवसर र पर्यटन प्रवर्द्धनका विषयमा छलफल गरिने छ । त्यस्तै लुम्बिनीलाई अन्तराष्ट्रिय पर्यटकीय गन्तव्य बनाउन सरोकारवाले आ-आफ्नो क्षेत्रबाट गर्न सक्ने विषयमापनि छलफल गरिने ग्रीसका लागि गैरआवासीय राजदूत विक्रम पाडेकाजीले बताए ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया