

बिहीबारदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु


लुम्बिनी : समृद्धिका लागि विश्व शान्ति अन्तर्राष्ट्रिय सम्मेलन बिहीबारदेखि सुरु भएको छ । परराष्ट्र मन्त्रालय र अन्तर कन्सुलर कर्पस नेपालद्वारा आयोजित कार्यक्रममा विभिन्न १९ मुलुकका नेपालका लागि गैरआवासीय राजदूत र अवैतनिक वाणिज्यदूत सहभागी छन् ।
त्यस्तै, उच्च सरकारी अधिकारी र पर्यटन क्षेत्रका विशेषज्ञ पनि सहभागी छन् । बिहीबारको कार्यक्रम भैरहवामा आयोजना गरिएको छ । शुक्रबार एक बजे लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा कार्यक्रम राखिएको छ । सम्मेलनमा ग्रीस, मरिसस, इन्डोनेसिया, मंगोलिया, सर्बिया, अस्ट्रिया, बुल्गेरिया र इस्टोनियाका गैरआवासीय राजदूत आएका छन् ।
त्यस्तै चेक रिपब्लिक, तान्जानिया, स्लोभेनिया, साइप्रस, आयरल्यान्ड, स्पेन, लात्भिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन रिपब्लिक रोमानियाका गैरआवासीय राजदूत सहभागी छन् ।
सम्मेलनमा नेपालमा लगानीका अवसर र पर्यटन प्रवर्द्धनका विषयमा छलफल गरिने छ । त्यस्तै लुम्बिनीलाई अन्तराष्ट्रिय पर्यटकीय गन्तव्य बनाउन सरोकारवाले आ-आफ्नो क्षेत्रबाट गर्न सक्ने विषयमापनि छलफल गरिने ग्रीसका लागि गैरआवासीय राजदूत विक्रम पाडेकाजीले बताए ।


खबर सबै
-
कपिलवस्तुमा तिन छठ्ठी पर्व मनाइँदै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित






प्रतिक्रिया